दफा २६
वार्षिक प्रतिवेदन
(१) अध्यक्षले बोर्डको काम कारबाहीको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र बोर्ड समक्ष प्रस्तुत गर्नु पर्नेछ र यस्तो प्रतिवेदनको एक प्रति नेपाल सरकारलाई समेत उपलब्ध गराउनु पर्नेछ । (२) अध्यक्षले उपदफा (१) मा उल्लेख भए बमोजिमको बोर्डको वार्षिक प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक रुपमा प्रकाशन गर्नु पर्नेछ ।